NEWS & EVENTS

2015-04-09

रक्तदान, जीवनदान स्मरण बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित बृहत कार्यक्रम निम्न स्थान, मिती र समयमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य एंव शुभचिन्तकहरुमा हार्दिक निमन्त्रणा गरिन्छ । कार्यक्रम ः स्थान ः २०७१ चैत्र २८ गते, शनिबार विजय स्मारक उ.मा.वि. बिहान १०ः०० बजे डिल्लीबजार, काठमान्डौ इच्छुक रक्तदाताहरुले समयमानै उपस्थित भई रक्तदा गरिदिनुहुन अनुरोध गरिन्छ ।
Read More

Introduction


परिचय (Introduction)
सहकारी ऐन २०४८ अन्तर्गत २०६५/११/१५ गते डिभिजन सहकारी कार्यालय काठमाडौमा दर्ता नं. २०९४ मा दर्ता तथा स्थायी लेखा नं. ३०३५३८४२४ मा आवद्ध भई काठमाण्डौ जिल्ला का.म.पा. वडा नं. ३२ डिल्लीबजारमा स्मरण बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो । 

दुर दृष्टि (Vision)
वित्तिय क्षेत्रको माध्याम बाट सेवा पुग्न नसकेका न्युन आय तथा मध्यम बर्गीय जनसमुदायहरुलाई नियमित भरपर्दो तथा सदस्य केन्द्रित बित्तीय प्रवाह गदै सदस्यको दिगो विकासमा टेवा पु्याउनु र विश्वासिलो तथा भरपर्दो वित्तीय संस्थाको रुपमा स्थापीत गरी सहकारीको मूल्य मान्यता र सिद्धान्तमा रही धेरै भन्दा धेरै व्यक्तिहरुलाई छिटो छरीतो वित्तीय सेवा पुर्याउने । 

उद्देश्य(Objectives)
    संस्थामा संलग्न सदस्यहरुमा मितब्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानिको बिकास गर्ने ।
    सदस्यहरुको ब्यक्तिगत एंव सामूहिक क्षमता अभिबृद्धि गरी स्वालम्वी एंव आत्मनिर्भर समाजको निमार्णमा योगदान पुरा्उने । 
    सदस्यहरुको प्राथमीक आवश्यकताहरु र आयआर्जन क्षमताको पहिचान गरी उत्पादन शील र आय मुलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्धन गरी छरीएर रहेको राष्ट्यि पूँजिको उपयोग बढाने ।  
 
पूँजि(Capital)
संस्थाको जारी शेयर पूँजि रु. २,००,००,०००।– (दुई करोड) रहेको छ । शेयर पूँजिको १० गुणाले निक्षेप संकलन गरी २०,००,००,०००।– (बिस करोड) सम्म सदस्यहरुको निक्षेप संकलन गर्न सकिने छ । 

आवद्धता (Involvment)
    राष्ट्यि सहकारी बैक ।
    नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ।
    काठमाण्डौ जिल्ला बचत संघ । 

व्यवस्थापन(Management)
नीति तथा नियमको अधिनमा रही निर्भिक भएर इमान्दारीपूर्वक कर्तव्य पालना गर्नु सफल व्यवस्थापनको प्रतिवद्धता हो । व्यवस्थापन पक्ष यो यथार्थलाई सदा शिरोपर गर्न दृढ सङ्कल्पित छ । संस्थाको नीति नियमहरु प्रभावकारिताका साथ कार्यान्वयन गर्न दक्ष तथा अनुभवी कर्मचारी कार्यरत छन् ।

प्रविधि (Technology)
सदस्यवर्गलाई छिटो, छरितो तथा सरल ढङ्गले वित्तीय सेवा प्रवाह गर्नका लागि तथा दैनिक रुपमा हुने कारोवारलाई व्यवस्थित ढङ्गले लेखाङ्कन गर्न संस्थालाई पूर्ण रुपमा कम्प्युटराइज्ड गरिएको छ । यसका साथै सदस्य सँग वित्तीय कारोवारलाई विश्वसनीय तथा व्यवस्थि बैंकिङ्ग सफ्टवेयर (Radiant Lakshya ) जडान गरिएको छ ।



निक्षेप योजना(Saving Plan)
विद्यमान प्रतिस्पर्धात्मक वित्तीय वातावरणमा निक्षेप रमकलार्ई आकर्षक ब्याजदर प्रदान गर्ने गरी उल्लेखित निक्षेप योजनाहरु लागू गरिएको छ ।

SMARAN SAVING AND CREDIT CO.LTD

@2013 SMARAN SAVING AND CREDIT CO.LTD All Right Reserved

Powered By Radiant Info.Tech.